Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

मन्त्रिपरिषद् विस्तार गरिँदै, प्रधानमन्त्री र प्रचण्डबीच छलफल

मन्त्रिपरिषद् विस्तार गरिँदै, प्रधानमन्त्री र प्रचण्डबीच छलफल


  • 4.6K
    Shares

    मन्त्रिपरिषद् विस्तार गरिँदै, प्रधानमन्त्री र प्रचण्डबीच छलफल
    images

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्तासाझेदार दलसँग छलफल थालेका छन् । 

    सत्ता सम्हालेको दुई हप्ता पुगिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलसँग परामर्श थालेका हुन् । 

    जसपाको आधिकारिकतासम्बन्धी विवाद सोमबार समाधान भएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् । गठबन्धनमा आवद्ध उपेन्द्र यादवले जसपाको आधिकारिकता पाएपछि प्रधानमन्त्री देउवाले जसपा, माओवादीसहितका नेताहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । 

    प्रधानमन्त्री सरकार निवास बालुवाटारमा मंगलबार बिहान पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद् विस्तारका विषयमा प्रधानमन्त्री देउवाले छलफल गरेका हुन् । 

    प्रचण्डसँग छलफल गरे लगत्तै प्रधानमन्त्री देउवाले कांग्रेस पदाधिकारी बैठक राखेका छन् । आफ्नो निजी निवास बुढानिलकण्ठमा कांग्रेस सभापतिसमेत रहेका देउवाले मन्त्रिपरिषद् विस्तारका विषयमा आफ्नो पार्टीभित्र छलफल गर्न लागेका हुन् । 

     

    प्रकाशित मिति :श्रावण १२ २०७८ मंगलवार - ११:३०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij