Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

एमालेले बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम

एमालेले बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम


  • 414
    Shares

    • images
    एमालेले बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम

    काठमाडौं । नेकपा एमालेले समानुपातिकमा पाउने सिट अनुसार १६ जना सम्भावित सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ ।

    सम्भावित सांसदहरूको सूची आइतबार निर्वाचन आयोगलाई बुझाएको केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन् ।

    एमाले जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कुलभक्त शाक्यलाई सांसदका लागि सिफारिस गरेको छ ।

    त्यस्तै महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल, पुरूषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, थारू पुरूषबाट कृपाराम राना, दलित महिलाबाट विष्णुमाया विक र नीता घतानी र मधेसी महिलामा रिङ्ला यादव तथा यशोधा कुमारी यादव, मधेसी पुरूषतर्फ चन्द्रेश्वर मण्डल र मुस्लिमबाट साजिदा सिद्धिकीलाई सिफारिस गर्ने शनिबार बसेको सचिवालय बैठकले गरेको थियो ।

    capture_g0SGISXUNL.jpg

    1.jpg

     

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १६:१५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij