Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ


  • 568
    Shares

    • images
    लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

    काठमाडौं । देशका विभिन्न क्षेत्रबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौं, सुनसरी, चितवन, सप्तरी, बर्दिया, कैलाली र पर्साबाट अवैध लागुऔषधसहित १४ जना पक्राउ परेका हुन् ।

    प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई, चितवनको भरतपुर महानगरपालिका-३ कमलनगरको सब्जीमण्डबाट दुई, सप्तरीको तिरहुत गाउँपालिका-२ बडहराबाट दुई, कञ्चनपुरको बेलौरी नगरपालिका-१० सडकघाट दुई तथा पर्साको वीरगज महानगरपालिका-१४ गण्डक चोकबाट दुई जना पक्राउ परेका छन् ।

    त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराबाट, बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहबाट, गोदावरी नगरपालिका-११ गौडीबजारबाट र कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट एकरएकजना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । पक्राउ परेका सबैलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

     

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १६:३७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij