Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भ्रष्टाचार गर्नेहरुलाई प्रधानमन्त्रीको संरक्षण, भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्छ : गगन थापा

भ्रष्टाचार गर्नेहरुलाई प्रधानमन्त्रीको संरक्षण, भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्छ : गगन थापा


  • 7.7K
    Shares

    भ्रष्टाचार गर्नेहरुलाई प्रधानमन्त्रीको संरक्षण, भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेको आरोप लगाएका छन् ।

    कैलालीमा सोमबार आयोजित कार्यक्रममा थापाले ओली सरकार इतिहासकै भ्रष्ट भएको बताए । ‘बालुवाटारको चार आना जग्गा छोराको नाममा राख्ने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छे हिजो जेल गयो । सिफारिस गर्ने मान्छे जेल जाँदा तर खाने मान्छे चाहिँ अर्थमन्त्रीको कुर्सीमा बिराजमान हुनुहुन्छ’ उनले भने ।

    उनले अघि भने, ‘निर्मला पन्तदेखि निर्जला चौधरीको बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा हडप्ने अर्थमन्त्री अनि स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने प्रधानमन्त्रीको सबैभन्दा विषेश मन्त्री भएको सरकार छ ।’

    यो सबै प्रधानमन्त्रीको इच्छा बमोजिम चलेको छ भन्दा गलत नहुने उनको दाबी छ । ‘नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना भएको छैन’ कांग्रेस नेता थापाले भने, भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन । बालुवाटार गए पुग्छ, सिंहदरबार गए पुग्छ ।’

    नेकपा लोभीपापीहरुको मञ्च मात्र भएको उनको दाबी छ । कुनै समय हात मिलाउनसमेत नचाहने ओली र प्रचण्डबीच लोभ र डरमा रातारात एकता भएको उनले बताए ।

     

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - १५:४५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij