Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षकले माग पूरा गराउन प्रधानमन्त्री कार्यालय घेर्ने

शिक्षकले माग पूरा गराउन प्रधानमन्त्री कार्यालय घेर्ने


  • 13.5K
    Shares

    शिक्षकले माग पूरा गराउन प्रधानमन्त्री कार्यालय घेर्ने

    नेपाल शिक्षक महासंघले सरकारले माग पूरा नगरे प्रधानमन्त्री कार्यालयमा घेराउ गर्ने चेतावनी दिएको छ। महासंघमा आबद्ध शिक्षकले मागबारे सरकारकाे ध्यानाकर्षण गराउन शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म माइतीघर मण्डलामा धर्ना दिएका छन्।

    शिक्षकहरुलाई कोरोना खोप दिन सुरु गरे  पनि अन्य मागका विषयमा सुनुवाइ नभएकाले सरकारको ध्यानाकर्षण गराउन धर्ना दिइएको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। उनले भने, ‘प्रारम्भिक बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि निर्णय गरे पनि स्पष्ट छैन। हाम्रा माग सम्बाेधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहन्छ। माइतीघरमण्डलामा धर्ना दिएर सरकारको ध्यानाकर्षण गराएका हौं। माग सम्बोधन नभए प्रधानमन्त्रीको कार्यालय घेराउ गर्छौं।’

    प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाका लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने गर्नुपर्ने लगायतका ३४ बुँदे माग राख्दै महासंघ गत वैशाख २० गतेदेखि आन्दोलनरत छ। महासंघले भदौ ११ गतेसम्मका लागि हरेक शुक्रबार आन्दोलनका कार्यक्रम तालिका यसअघि नै घोषणा गरिसकेको छ।

    11.jpg22.jpg

    प्रकाशित मिति :श्रावण ८ २०७८ शुक्रवार - १६:३६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij