२०८२ भाद्र २ गते सोमवार
नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर मण्डलामा आज तीन घण्टा धर्ना दिएको छ । महासंघको पूर्व घोषित चौँथो चरणको कार्यक्रम अनुसार शिक्षकहरुले आज विहान १० बजेदेखि १ बजेसम्म धर्ना दिएका हुन् ।
प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रबन्धमा परिवर्तन गर्नुपने लगायतका माग ३४ सूत्रीय माग राखी शिक्षक महासंघ गत वैशाख २० गतेदेखि आन्दोलनमा छ । आफूहरुले राखेका मागमध्ये हालसम्म कोरोना खोपसम्बन्धी मात्रै सुनुवाइ भएको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । प्रारम्भिक बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि निर्णय गरे पनि स्पष्ट नभएको, स्थानीय पालिकाहरुको सन्जालले यसको दायित्व लिन नसकेको बताए ।
सरकारले प्रारिम्भक बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्घि गरेर १५ हजार दिइने बजेट वक्तव्यमार्फत घोषणा गरेको थियो । जसमा संघीय सरकारले आठ हजार र बाँकी स्थानीय तहले बेहोर्नुपर्ने जनाएको थियो । महासचिव सुवेदीले भने, ‘यो निर्णय स्पष्ट छैन । यसलाई स्पष्ट पार्नुपर्नेमा जोड दिए ।
बिहान १० बजेदेखि शुरु भएको धर्ना कार्यक्रम दिउँसो एक बजेसम्म हुने महासंघले जनाएको छ । महासंघले भदौ ११ गतेसम्म हरेक शुक्रबार विभिन्न आन्दोलनको घोषणा यसअघि नै घोषणा गरिसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij