Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

नदीमा बगेर दुई बालिका बेपत्ता

नदीमा बगेर दुई बालिका बेपत्ता


  • 5.1K
    Shares

    नदीमा बगेर दुई बालिका बेपत्ता
    images

    पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएकी छन् ।

     बेपत्ता हुनेमा जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा (मर्साङी मगर)की सात वर्षीया छोरी सर्मिला थापा मगर रहेकी जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

     सोमबार अपरान्ह ३ बजे पौडी खेल्ने क्रममा दुबै बालिका नदीमा बगेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार दुबै जना बाख्रा चराउन गएका थिए । घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्ने क्रममा बगेर दुबै बेपत्ता भएको स्थानीयवासीले जनाएका छन् । स्थानीय बासिन्दा र प्रहरीको टोलीले बेपत्ता बालिकाको खोजी कार्य जारी राखेको सूचना अधिकारी गैरेले बताउनुभयो ।

    प्रकाशित मिति :श्रावण ५ २०७८ मंगलवार - १२:३५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij