२०८२ मंसिर १६ गते मंगलवार
कोभिड-१९ को परीक्षण बढेसँगै संक्रमितको संख्या पनि बढेको छ। आज देशभर दुई हजार ४४५ जनामा कोरोना देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर ११ हजार ६६४ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार नौ हजार ६२८ जनाको स्वाब परीक्षण गर्दा एक हजार ८०१ जनामा कोरोना देखिएको थियो।
त्यस्तै, आज कोरोनाबाट ३२ जनाको मृत्यु भएको छ। आइतबार २३ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ५८२ पुगेको छ।
पछिल्लो २४ घण्टामा एक हजार २५८ जना निको भएका छन्। आइतबार एक हजार ६६७ जना निको भएका थिए। अझै पनि २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij