Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

मृतावस्थामा दुई गैँडा फेला

मृतावस्थामा दुई गैँडा फेला


  • 3.8K
    Shares

    मृतावस्थामा दुई गैँडा फेला
    images

    चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् । तीमध्ये एउटा बूढो र अर्काे केटा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा मृतावस्थामा फेला परेको हो ।

    उहाँले बाघको आक्रमणबाट मरेको हुन सक्ने बताउनुभयो । यसैगरी अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैँडा मृतावस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढिएका अवस्थामा भाले गैँडा भेटिएको हो । ती गैँडाको खाग र खुर सुरक्षित रहेको जनाउँदै उहाँले दुवै प्राकृतिक कारणले मरेको बताउनुभयो । गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी र शिकारले निकुञ्जमा ३२ र अघिल्लो आवमा प्राकृतिक कारणले २६ गँैंडा मरेका थिए ।

    प्रकाशित मिति :श्रावण ४ २०७८ सोमवार - १६:५०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij