२०८२ फाल्गुण २४ गते आइतवार
अफगानिस्तानको राजधानी काबुलमा एक सांसदलाई लक्षित गरी भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ।
बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु र अन्य दुई जना घाइते समेत भएको प्रहरी स्रोतले आइतबार जानकारी दिए । खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान इलाकामा बिहान साढे ७ बजे विस्फोट भएको थियो।
उक्त विस्फोटमा दुई जना मारिएको अफगानिस्तानका प्रहरी प्रवक्ताले सिन्ह्वालाई जानकारी दिएको हो। सांसद तावफिक वाहदातको सवारीसाधनलाई लक्षित गरी बम आक्रमण भएको थियो।
आक्रमणको समयमा सांसदका भाई सवारी साधनमा सवार थिए। उनी घाइते भएका छन् । आक्रमणको बेलामा सांसद आफैं भने सो सवारीसाधनमा थिएनन् । यस आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन। एजेन्सी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij