Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बालविकास सहजकर्ताको तलब अबदेखि मासिक १५ हजार

बालविकास सहजकर्ताको तलब अबदेखि मासिक १५ हजार


  • 13.5K
    Shares

    बालविकास सहजकर्ताको तलब अबदेखि मासिक १५ हजार

    पूर्वप्राथमिक शिक्षा अर्थात् बालकक्षा सञ्चालनका लागि नियुक्त गरिएका बाल विकास सहजकर्ता (शिक्षक)हरुको हालको तलबभत्ता  ६ हजार मात्र छ। कक्षा १ मा भर्ना हुनुपूर्व बालबालिकाको सर्वाङीगण विकास गराई औपचारिक शिक्षा लिनका लागि तयारी अवस्थामा राख्ने उद्देश्यले सरकारले विभिन्न सामुदायिक विद्यालय र समुदायमा बाल विकास सहयोगी कार्यकर्तामार्फत बालकक्षा सञ्चालन गरिरहेको छ।

    ती सहजकर्ताले कतिपय विद्यालयमा अन्य कक्षाको पठनपाठनमा समेत सहयोग गरिरहेका छन्। बालबालिकाको शिक्षाको आधार खडा गराउने जिम्मा लिएका ती शिक्षकको पारिश्रमिकमा अन्याय हुँदै आएको आवाज उठ्दै आएको थियो। यही कुरालाई मध्यनगर गर्दै सरकारले आगामी आवको बजेटमा बाल विकास कक्षामा कार्यरत सहजकर्ताको मासिक तलब ६ हजारबाट १५ हजार बनाउने घोषणा गरेको छ। यद्यपि सङ्घीय सरकारले दुई हजार मात्र तलब बढाएर अन्य सात हजार स्थानीय तहले बेहोर्ने जनाएको छ। कतिपय स्थानीय सरकारले बजेटले त्यति धेरै तलब धान्न नसकिने भन्दै तलब बढाउन नमानिरहेको अवस्थामा भेरी नगरपालिकाले भने सरकारले तोकेअनुसार नै पूरै व्ययभार लिन अग्रसर देखिएको छ।

    नगरपालिकाले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा समेत बाल विकासमा कार्यरत शिक्षक, लेखा सहायक र विद्यालय सहयोगीको तलबका लागि बजेट विनियोजन गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए।

    मासिक ३ सयबाट पढाउन शुरु गरेका शिक्षकको तलबमान मासिक १५ हजार पाउने गरी नगरसभाबाट व्यवस्था गरिएको नगरप्रमुख घर्तीले बताए। त्यस्तै न्यून तलबभत्ता पाउँदै आएका विद्यालयका प्रशासन तथा लेखा सहायक र विद्यालय सहयोगीका लागि पनि प्रतिमहिना सात हजार वृद्धि गर्ने गरी नगर परिषद्ले एक करोड विनियोजन गरेको छ। आगामी साउनदेखि नै उनीहरुले वृद्धि भएअनुसार तलब पाउनेछन्।

    भेरी नगरपालिकामा ४४ बाल विकास सहजकर्ता, १० लेखा सहायक र ५५ जना विद्यालय सहयोगी छन्। उनीहरुका लागि नगरपालिकाले थप्नुपर्ने रु सात हजारले पनि मासिक रु सात लाख ६३ हजार दायित्व लिनुपर्ने देखिन्छ भने वार्षिक रु ९९ लाख १९ हजार सङ्घीय बजेटमा थप गर्नुपर्ने भएको छ। सबै दायित्व लिने गरी एक करोड बजेटको व्यवस्था गरिएको नगरप्रमुख घर्तीको भनाइ छ।

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - ०८:३६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij