Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

साढेसातिको दोष हटाउन शनिबार शनिदेवको कसरी गर्ने पूजा ?

साढेसातिको दोष हटाउन शनिबार शनिदेवको कसरी गर्ने पूजा ?


  • 7.3K
    Shares

    साढेसातिको दोष हटाउन शनिबार शनिदेवको कसरी गर्ने पूजा ?
    images

    काठमाडौं । शनिबार भगवान शनिदेवको पूजा आराधना गर्ने दिन ।

    शनिदेशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा गएर शनिदेवको पूजा गर्ने तथा पिपलमा जल समेत अर्पण गर्ने गर्दछन् ।

    ब्रमाण्डका नौ ग्रहहरूमा शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्ने धार्मिक विश्वास छ ।

    शनिलाई उपयुक्त पूजाविधीले प्रसन्न बनाउन सके साढेसाती दशाको प्रभाव  समेत कम पार्न सकिने बताइन्छ ।

    ज्योतिषीहरुका अनुसार साढेसाती दशाले ठूलो अनिष्ठ निम्त्याउँछ । शनिको दशा र बक्र दृष्टि परेमा शारीरिक र मानसिक कष्ट झेल्नुपर्ने हुन्छ भने विभिन्न रोगले समेत सताउने बताइन्छ ।

    यस्तो अवस्थामा साढेसाती दशाको प्रभाव कम गर्न शनिदेवको उपयुक्त विधीले पूजाआजा गर्न जरूरी रहेको ज्योतिषीहरुले बताएका छन् ।

    विभिन्न ज्योतिषीहरुले विभिन्न माध्यमबाट व्यक्त गरेको सुझावलाई आधार मानेर यहाँ साढेसातीको प्रभाव कम गर्न केही उपाय प्रस्तुत गरिएको छ ।

    • भरसक सूर्य उदाउनु भन्दाअघि हरेक शनिबार शनिको पूजा गर्ने ।

    • पिपलको बोटमा जलअपर्णसहित विशेष पूजा गर्ने ।

    • खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।

    • शनिबार कालो तिल दान गर्नुहोस्।

    • शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनोस् ।

    • छालाका जुत्ता र चप्पल पनि दान गर्दा प्रयोग नगर्ने ।

    • शनिबार हनुमान चालीसाको पाठ गर्नोस् ।

    प्रकाशित मिति :आषाढ २६ २०७८ शनिवार - ०५:००:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij