Logo

२०८२ मंसिर १८ गते बिहिवार

२०८२ मंसिर १८ गते बिहिवार

हर्षोल्लाससहित मनाइँदै योमरी पुन्ही तथा राष्ट्रिय ज्यापु दिवस (तस्बिरहरू)

हर्षोल्लाससहित मनाइँदै योमरी पुन्ही तथा राष्ट्रिय ज्यापु दिवस (तस्बिरहरू)


  • 274
    Shares

    हर्षोल्लाससहित मनाइँदै योमरी पुन्ही तथा राष्ट्रिय ज्यापु दिवस (तस्बिरहरू)
    images

    काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ ।

    मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा र नेवार समुदायले योमरी बनाएर चढाउने परम्परा छ ।

    नयाँ धान भित्र्याएको खुसियालीमा उपत्यका लगायत देशभरका नेवार समुदायले योस्मरी पूर्णिमा पर्वका साथै राष्ट्रिय ज्यापु दिवस हर्षोल्लासका साथ मनाएका छन् ।

    यस वर्षको योस्मरि पूर्णिमा एबं राष्ट्रिय ज्यापु दिवसको र्याली काठमाडौं ५ हाँडीगाउँबाट निकालिएको छ र्याली हाँडिगाउँ बाट सुरु हुदै टंगाल गणेश, नक्साल भगवती मन्दिर, प्यगंस्था, नाग पोखरी, नारायण हिटी, कशर महल, ठँबही त्रिदेवी चोक, ज्याठा, त्यस्र, असं,बालकुमारी,केलत्वास् , वंघस् , मरुत्वा, कालभैरव, हनुमान ध्वाका हुदै बसन्तपुरमा समाप्त हुने आयोजकले जानकारी दिएको छ ।

    योस्मरी पूर्णिमालाई योमरी पुन्ही पनि भनिन्छ । नेवार समुदायको ठूलो मानिने यो पर्वलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

    काठमाडौं उपत्यकाका नेवार समुदाय अन्तर्गतका ज्यापुहरूले एक साथ योमरी पुन्ही र राष्ट्रिय ज्यापु दिवस मनाएका छन् ।

    Yomari-Purnima-Jyapu-Diwas_-10-scaled-e1764829696704.jpg

    Yomari-Purnima-Jyapu-Diwas_-19-scaled-e1764829732510.jpg

    Yomari-Purnima-Jyapu-Diwas_-14-scaled-e1764829725938.jpg

    Yomari-Purnima-Jyapu-Diwas_-15-scaled-e1764829672353.jpg

     

    प्रकाशित मिति :मंसिर १८ २०८२ बिहिवार - १३:१५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij