Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सिवाईसी नेपालको आईपीओ निष्कासन प्रक्रिया शुरु, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

सिवाईसी नेपालको आईपीओ निष्कासन प्रक्रिया शुरु, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त


  • 6.1K
    Shares

    सिवाईसी नेपालको आईपीओ निष्कासन प्रक्रिया शुरु, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ । 

    कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेसँगै प्रक्रिया अगाडि बढेको हो । कम्पनीले ३ लाख ९५ हजार ३३५ दशमलव ९७ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । 

    सो सम्बन्धमा लघुवित्त र क्यापिटलबिच आईपीओ निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् । 

    आवश्यक प्रक्रिया पूरा गरी नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । यस सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव जेठ १४ गते सम्पन्न विशेष साधारण सभाले पारित गरेको हो । 

    प्राप्ति पश्चात कम्पनीको अधिकृत पूँजी रू। २० करोड र जारी पूँजी रू। १२ करोड १६ लाख ४१ हजार ८३७ दशमलव शून्य ४ रहेको छ । कम्पनीको केन्द्रिय कार्यालय बागलुङ बजारमा रहेको छ । हालसम्ममा कम्पनीले ३७ ओटा शाखा कार्यलयहरुबाट ४७ हजार विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

    प्रकाशित मिति :आषाढ २५ २०७८ शुक्रवार - १२:३५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij