Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कांग्रेसका पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधन 

कांग्रेसका पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधन 


  • 9.2K
    Shares

    कांग्रेसका पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधन 

    काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधन भएको छ । उपचारका क्रममा उनको काठमाडौं मोडल अस्पतालमा निधन भएको हो ।

    बिहीबार अस्पताल भर्ना भएका ८० वर्षीय श्रेष्ठको  ब्रेन ह्याम्रेजका कारण निधन भएको कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए । 

    तत्कालीन राजा महेन्द्रले ०१७ सालमा कू गरेपछि श्रेष्ठ भारत निर्वासनमा गएका थिए । श्रेष्ठ ०१८ सालमा बम बोकेर भारतबाट नेपाल आएका थिए । सोही क्रममा उनी पक्राउ परेका थिए ।  

    श्रेष्ठ प्रजातन्त्र स्थापनाको आन्दोलनमा पटकपटक गरेर करिब १२ वर्ष जेल बसेको उनलाई नजिकबाट चिन्ने भगवान शाक्यले जानकारी दिए । श्रेष्ठ कांग्रेस काठमाडौं जिल्लाका पूर्वसभापति समेत हुन् । श्रेष्ठका १ छोरा र ३ छोरी छन् ।

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - १६:५६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij