२०८२ भाद्र २ गते सोमवार
शिक्षक नियुक्ति र व्यवस्थापनमा एकरूपता नभएका कारण सार्वजनिक स्कूलमा विभिन्न थरीका शिक्षकहरू कार्यरत छन् । पद अनि सेवासुविधामा रहेको विभेदका कारण शिक्षकहरूमा पढाउने जाँगर र आत्मसम्मान पैदा हुन नसक्दा त्यसको नकारात्मक असर कक्षाको पठनपाठनमा परेको छ ।
केन्द्रका अनुसार स्थायी, अस्थायी, करार अस्थायी २०६७ पछिको, करार ११ र १२ को, राहत ११ र १२ को, लियन, सट्टा, निजीस्रोतका शिक्षक छन् । यस्तै स्थानीय स्रोतको सहयोगमा (स्थानीय सरकार, संस्थाको) अनुदान शिक्षक र इसीडी (प्रारम्भिक बालविकास) शिक्षकपनि छन् । तथ्यांक अनुसार सामुदायिकतर्फ हाल नेपालको विद्यालय शिक्षामा स्थायी दरबन्दीको संख्या १ लाख ७ हजार ८ सय ६० छ । अस्थायी २४ हजार ७ सय २४ जना कार्यरत छन् । करार शिक्षकको प्रत्येक वर्ष म्याद थप हुने गर्छ । राहत शिक्षक अन्तर्गत प्राथमिक र निम्न माध्यमिक तहमा हाल ३८ हजार १५ रहेको केन्द्रको तथ्यांक छ । त्यसैगरी पिसिएफ, सिपिइआरका अनुदान शिक्षक, स्वयमसेवक शिक्षक पनि हुने गरेका छन् भने आंशिक शिक्षक पनि छन् ।
संस्थागत विद्यालयमा स्थायी, अस्थायी, करार, आंशिक, मोबाइल शिक्षक, ज्यालादारी, अतिथि शिक्षकदेखि मन्टेश्वरी शिक्षक तथा सहजकर्ता हुन्छन् । निर्देशक रेग्मीका अनुसार सरकारले स्थायी शिक्षकको विज्ञापनलाई नियमित गरकाले बिस्तारै स्थायी शिक्षकको संख्या बढ्नेछ ।
लामो समयदेखि कार्यरत अस्थायी, करार र राहत लगायतका शिक्षकहरुले पटकपटक आन्दोलन गर्दै आएका छन् ।
पहुचवाला शिक्षक सुगम ठाउँमा छन् ।
भनसुनका आधारमा सदरमुकाम, प्रदेश राजधानी र संघको राजधानीका विद्यालयमा थुप्रिएका छन् । दुर्गम गाउँमा शिक्षक अभाव छ । मन्त्रालयले बढी दरबन्दी भएको स्थानीय तहबाट अन्यत्र सारेर शिक्षक व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेको छ । आन्तरिक परीक्षामा असफल भएका र सुविधा लिएर बाहिरिन लागेका शिक्षकको दरबन्दीमा करारमा शिक्षक नियुक्ति गर्न केन्द्रले जिल्लातहमा निर्देशन जारी गरिसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij