Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सानिमा बैंकको १६ औं साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न

सानिमा बैंकको १६ औं साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न


  • 9.0K
    Shares

    सानिमा बैंकको १६ औं साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न

    सानिमा बैंक लिमिटेडले कार्तिक २८ गते शुक्रबारका दिन १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र शेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो ।

    बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १०% वोनस शेयर र ३.६०% नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

    आर्थिक वर्ष २०७६/७७ मा रु १.७८ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु १२६.३१ अर्ब, कुल निक्षेप रु ११०.१० अर्ब तथा खुद कर्जा सापटी रु ९३.६९ अर्ब रहेको छ ।

    आर्थिक वर्ष २०७५/७६ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १९.३०, १२.२९, र १५.८१ प्रतिशतले वृद्धि गरेको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम संचालनमा रहेका छन् ।

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - १४:३१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij