२०८२ माघ ७ गते बुधवार
काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब २ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कर्जा विस्तार तथा असुलीमा आक्रामक एनआईसीले गत वर्षको भन्दा २ करोड रुपैयाँले नाफा सुधार गरेको हो।
बैंकले तीन महिनाकै अवधिमा १४ प्रतिशतले निक्षेप बढाएको छ भने १८.५० प्रतिशतले कर्जा विस्तार गरेको छ। सस्तो व्याजदरको फाइदा उठाउँदै अस्वस्थ रुपमा अन्य बैंकहरुको कर्जा खोसेर बैंकले एक खर्ब ८९ अर्ब रुपैयाँ लगानी गरेको हो। बैंकले अन्य वाणिज्य बैंकको कर्जा खोसेपछि उनीहरुले नेपाल बैंकर्स संघमै गुनासो गरेका थिए।
तीन महिनामा बैंकले दुई खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसै अवधिमा बैंकले एक खर्ब ९८ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ । गत वर्षको भन्दा ७।६९ प्रतिशतले यस्तो आम्दानी सुधार गरेको हो ।
कोभिड १९ कै दौरानमा पनि बैंकले ऋणीहरुको धितो लिलामी तथा अन्य उपाय अपनाएर कर्जा असुली गरिरहेको छ । वितरण योग्य मुनाफा भने ४ करोड ६६ लाख रुपैयाँ मात्रै रहेको छ। बैंकले खराब कर्जा थप सुधार गर्दै ०.४० प्रतिशतमा झारेको छ भने स्प्रेडदर ५.१० प्रतिशतबाट ४.३९ प्रतिशतमा झारेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij