Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधव नेपाल एकाबिहानै भए बेपत्ता,लफडा मिलाउन गरेको यस्तो तीन बुँदे सहमति अलपत्र !

माधव नेपाल एकाबिहानै भए बेपत्ता,लफडा मिलाउन गरेको यस्तो तीन बुँदे सहमति अलपत्र !


  • 5.9K
    Shares

    माधव नेपाल एकाबिहानै भए बेपत्ता,लफडा मिलाउन गरेको यस्तो तीन बुँदे सहमति अलपत्र !


    अस्ति बिहीबार एमालेको कार्यदलका सदस्यहरुबीच पार्टी एकतावद्ध राख्नेगरी बीचको बाटो खोज्ने बिषयमा सबै एक ठाउँमा उभिए। 

    कार्यदलले तयार पारेको तीन बुँदे समझदारीको एउटा बुँदामा लेखिएको थियो,‘अदालतको निर्णय पश्चातको परिस्थिति मिलेर सामाना गर्ने।’  यसो गर्दा देउवालाई प्रधानमन्त्री बनाउन २३ सांसदले गरेको हस्ताक्षर फिर्ता हुनुपर्छ भन्ने ओली पक्ष र प्रतिनिधिसभा बिघटनको निर्णय नै फिर्ता गर्नुपर्छ भन्ने नेपाल पक्षबीच भएको समझदारीको बटमलाइन बन्ने उनीहरुको बुझाई थियो।  

    कार्यदलका सदस्यहरुका बीचमा एमालेका पुराना २ सय ३ र पछि थपिएका केन्द्रीय सदस्यहरुलाई पनि कुनै बिधिमार्फत् निरन्तरता दिने थप समझारी बनेको थियो। 


    त्यसपछि उनीहरु १८ शुक्रबारका लागि डाकिएको केन्द्रीय कमिटी बैठक रोक्ने, ओली र नेपालका बीचमा फोनवार्ता गराउने त्यही वार्तामा भेटको समय निर्धारण गर्नेगरि छुट्टिए। 

    ओली समूहका विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल लगायतका नेता सहमतिको ड्राफ्ट लिएर बालुवाटार गए भने नेपाल समूहका घनश्याम भूसाल, गोकर्ण बिष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे कोटेश्वर पुगे। एक सदस्यले उक्त कुरा नेता माधव नेपाललाई जानकारी पनि गराए। 


    ‘त्यसपछि हामीले प्रधानमन्त्रीज्यूको फोन आउँछ, तपाईंले मिल्नेगरि कुरा गर्नुहोला भनेर निस्कियौं,’ नेपाल समूहका ती सदस्यले भने, ‘उहाँले फोन त उठाउनु भएछ तर कुरा गर्न मन थिएन साथीहरुले गर्नु भनेकाले मात्रै गरेको हुँ भन्नुभए छ।’ प्रधानमन्त्री ओलीले बिहीबारको केन्द्रीय कमिटी बैठकमा गरेको बिफ्रिङअनुसार २५ मिनेट फोनसंवाद हुँदा ओलीले नेपाललाई भेटौं भनेर चारपटक अनुरोध गरेका थिए। तर नेपाल मानेनन। 

    आफूहरुले सहमति गरेको बिषय शीर्ष दुई नेताका कारण भाँडिने सम्भावना देखेपछि नेपाल समूहका यी चार सदस्य शुक्रबार विहान ८ बजे नै नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगे। 

    कार्यदलका सदस्यले भनेअनुसार ओलीसँगको फोन संवादपछि बरिष्ठ नेता नेपालले केहीबेर फोन उठाएनन्। त्यसपछि उनको फोन नलाग्ने भयो। 

    ‘हामी विहान उहाँको निवासमा पुग्दा माधव कमरेड बाहिर निस्किनुभएको रहेछ,’ कार्यदलका सदस्य भीम आचार्यले भने,‘केही बेर पर्खियौं, उहाँ आउनुभएन त्यसपछि बालुवाटार गएर प्रधानमन्त्रीलाई सहमतिको ड्राफ्ट तयार भइसकेको छ शुक्रबारको बैठक रोकौं भनेर आग्रह गरेको हो उहाँ पनि तयार हुनुभएन। त्यै पनि अझै एकताको सम्भावना टरेको छैन हामीले कोसिस गर्दैछौं।’ 

    अर्का एक सदस्यका अनुसार शुक्रबार दिनभर पनि नेता नेपाल कार्यदलका सदस्यहरुको सम्पर्कमा नआएपछि उनीहरुले साँझ उपाध्यक्ष भीम रावललाई भेटेर पार्टी एकताबद्ध राख्न भइसकेको सहमतिलाई थप बलियो बनाउनुपर्ने भन्दै नेपाललाई सम्झाइदिन आग्रह गरे। 

    रावलले कार्यदलका ती सदस्यहरुलाई गरेको बिफ्रिङअनुसार ओलीले अझै पनि झुक्याउन सक्ने भएकाले आफू ओलीसँग कुराकानी गर्न तयार नभएको जानकारी नेता नेपालले गराए। 

    ‘हामीले एमाले फुट्न नदिन कोसिस गरेकै छौं, तर माधव कमरेडको मुड सानोसानो भए पनि पार्टी खोलेर त्यसको अध्यक्ष बन्नेजस्तो देखिन्छ, हेरौं के हुन्छ,’ नेपाल निकट अरु नेताहरुले पनि उनीसँग सम्पर्क गर्न खोज्दा नेपालसँग कुराकानी नै हुन नसकेको बताएका छन्। 

    ‘हामीले माधव कमरेडलाई सम्झाउने प्रयास गर्दागर्दै अध्यक्ष ओलीले सोमबारसम्म हस्ताक्षर फिर्ता नलिए एकता टुट्ने अल्टिमेटमसहितको निर्णय गर्नुभएको छ,’ कार्यदलमा रहेका ती सदस्यले भने,‘यो हामीले तयार पारेको सहमतिको ड्राफ्ट विपरित हो। 

    अहिले  १ बजे देखि कार्यदलका सदस्यहरुका बीचमा छलफल शुरु भएको छ। आज पनि पार्टीको बैठक बस्दैछ। 

    प्रकाशित मिति :आषाढ १९ २०७८ शनिवार - १३:३८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij