Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एमाले केन्द्रीय कमिटी बैठक सकियो, भोलि पुन: बस्ने

एमाले केन्द्रीय कमिटी बैठक सकियो, भोलि पुन: बस्ने


  • 5.0K
    Shares

    एमाले केन्द्रीय कमिटी बैठक सकियो, भोलि पुन: बस्ने

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ । बैठक भोलि पुन: बस्नेछ । एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित आज केन्द्रीय कमिटीको १३ औं बैठक डाकेको थियो ।

    यथास्थितिमा केन्द्रीय कमिटी बैठक डाकिएको भन्दै माधव नेपाल पक्ष भने सहभागी भएन । वामदेव गौतम भने उपस्थित भएका छन् ।

    नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ । विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।

    प्रकाशित मिति :आषाढ १८ २०७८ शुक्रवार - १६:१७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij