Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा


  • 8.1K
    Shares

    प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा
    images

    काठमाडौं । प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर आज (बिहीवार)देखि लिलामीमा विक्री हुने भएको छ । कम्पनीले संस्थापक समूहतर्फको ५० हजार कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । 

    उक्त शेयर खरीद गर्न इच्छुक, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले पुस २ गतेभित्र शिलबन्दी बोलपत्र पेश गनुपर्ने छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

    शेयरको न्यूनतम मूल्य रू। १ हजार ९०० तोकिएको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

    प्रकाशित मिति :मंसिर २५ २०७७ बिहिवार - १३:१७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij