Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

पाँच हजार दिँदा पनि सन्तोषीले सेक्स गर्न नदिएपछि हत्या गरेको बयान दिएका अभियुक्तले यसरी गरेछ हत्या 

पाँच हजार दिँदा पनि सन्तोषीले सेक्स गर्न नदिएपछि हत्या गरेको बयान दिएका अभियुक्तले यसरी गरेछ हत्या 


  • 19.1K
    Shares

    पाँच हजार दिँदा पनि सन्तोषीले सेक्स गर्न नदिएपछि हत्या गरेको बयान दिएका अभियुक्तले यसरी गरेछ हत्या 
    images

    काठमाडौ । चराचुरुंगीको आवान निकालेर चर्चामा आएकी सन्तोषी सुब्बाको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकालीबाट एक बसका सहयोगी २८ वर्षीय सुरेश तिमिल्सेनालाई प्रहरीले पक्राउ गरेको हो ।

    सन्तोषी गएको मंगलबार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा मृत फेला परेकी थिइन् । प्रहरी अनुसन्धानबाट उनको हत्या भएको खुलेको थियो ।

    सन्तोषी काठमाडौंको कालोपुलमा धनबहादुर तामाङकी धर्मछोरी बनेर बस्दै आएकी थिइन् । उनी धनबहादुरसँग १७ वर्षदेखि बस्दै आएको देखिएको छ ।

    प्रहरीका अनुसार उनी तीन दिनदेखि सम्पर्कमा थिइनन् । उनले धनबहादुरलाई आफू ‘गंगटो’ खोज्न जान्छु भन्दै निस्किएकी थिइन् । घटनाको महानगरीय अपराध महाशाखा र परिसर काठमाडौंले अनुसन्धान गरेको थियो ।

    प्रहरीका अनुसार सन्तोषी हिँडिरहने स्वभावकी भएको खुलेको छ । उनी घरबाट निस्केपछि फर्पिङ पुगेर होटेलमा बसेको खुलेको छ । अपराध महाशाखाका एक अधिकारीले भने, “उनी होटेलमा बसेको खुलेको छ । त्यहीँ बसेर चियाँ खाने क्रममा उनको ६ गते सुरेशसँग भेट भएको देखिन्छ ।”

    सुरेशले सन्तोषीलाई आफ्नो ‘बसमै सुतौँ’ भनेर प्रस्ताव गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । एक प्रहरी अधिकारीले सुरेशको भनाइ उद्धृत गर्दै  भने, “मैले सन्तोषीलाई पाँच हजार दिएँ । सम्बन्ध राख्नकै लागि शौचालयतर्फ लगेर गएँ । तर, नमानेपछि हत्या गरेँ ।”

    उनले बलात्कार भने नगरेको दाबी गरेको ती प्रहरी अधिकारीले बताए । उनले पाँच हजार रुपैयाँ दिएको बताए पनि सो रकम न सन्तोषीको साथमा न त पक्राउ परेका सुरेशको साथमा भेटिएको छ । यसले रकम दिएको होइन कि भन्ने आशंका जन्मिएको ती अधिकारीले बताए ।

    चिकित्सकको टोलीले सन्तोषीको शरीरबाट स्वाब संकलनसमेत गरेको छ । सन्तोषीले प्रतिकार गर्दा सुरेशको हातमा लागेको चोटसमेत देखिएको जनाइएको छ ।

    प्रहरीले सुरेशको कोठाबाट सन्तोषीले प्रयोग गर्र्दै आएको मोबाइलसमेत बरामद गरेको छ । घटनास्थलबाट बरामद प्रमाण र सुरेशको साथबाट बरामद भएको प्रमाणले हत्यामा उनको संलग्नता पुष्टि भइसकेको महाशाखाका अधिकारीहरु बताउँछन् । 

    हत्यापछि पछि अनुहारमा ढुंगाले प्रहार गरेको पनि प्रहरीको भनाइ छ । हत्या गरी भागेका सुरेशलाई प्रहरीले कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो ।

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - १२:४९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij