Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु


  • 6.2K
    Shares

    खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको  मृत्यु
    images

    सर्लाही । सर्लाहीमा  इँटा उद्योगका लागि माटो निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरि एक बालकको खाल्डोमै जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

    पछिल्लो पटक मृत्यु हुनेमा काभ्रे जिल्ला निवासी देवराज योञ्जनका ६ वर्षीय छोरा एलेक्स रहेका छन् । सर्लाहीको बागमती नगरपालिका–६ पर्ता टोलस्थित मामा चन्द्रबहादुर तामाङको घरमा बस्दै आएका एलेक्स मामा घर नजिकैको खाल्डोमा जमेको पानीमा डुबेका थिए ।

    छिमेकीले डुबेको देखेपछि निकालेर उपचारका निम्ति बरहथवा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

    यसअघि बुधबार मात्रै सदरमुकाम मलंगवामा इँटा उद्योगमा खनिएको खाल्डोमा डुबेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको थियो ।

     

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - १२:१९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij