२०८२ कार्तिक ३० गते आइतवार
काठमाडौं । महान्याधिवक्ताको कार्यालयको एउटा पत्रले स्वास्थ्यकर्मीहरु अब दुर्गममा नगएपनि स्तरवृद्दि नरोकिने बाटो खुला गरिदिएको छ । महान्याधिवक्ताको कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्थानीय निकायमा समायोजन भएका तर ती स्थानमा दुर्गम क्षेत्र नभएको तथा भौगोलिक क्षेत्रको कार्य अनुभव नभएका कर्मचारीहरुलाई दुर्गममा नगएको भनी स्तरवृद्दि रोक्न नमिल्ने रायसहितको पत्र पठाएको छ । साथै, स्थानीयमा समायेजन भएकाहरु दुर्गममा जान नपर्ने भनी महान्याधिवक्ताको कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ ।
स्वास्थ्य मन्त्रालयले विभिन्न तहमा समायोजन भएका तर समोजन भएका स्थानीय तहमा दुर्गम वा अति दुर्गम क्षेत्र नभएको हुँदा भौगोलिक क्षेत्रको कार्य अनुभव नभएका कर्मचारीहरुको अन्य स्थानिय तहमा सरुवा गर्ने कानूनी आधार नभएकोले कर्मचारीको स्तरवृद्धि सम्बन्धमा प्रदेश वा स्थानिय तहको दुर्गम वा अति दुर्गमलाई कसरी यकिन गर्ने समेतका विषयमा द्विविधा देखिएको भनी गत जेठ २६ गते महान्याधिवक्ताको कार्यालयलाई पत्र पठाई राय माग गरेको थियो ।
त्यो पत्रमा महान्याधिवक्ताको कार्यालयले भनेको छ, ‘नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ बमोजिम स्तरवृद्धि प्रयोजनको लागि अन्य योग्यताका अतिरिक्त कम्तिमा एक वर्ष अतिदुर्गम वा दुई वर्ष दुर्गम क्षेत्रमा सेवा गरेको हुनुपर्ने कानूनी व्यवस्था रहेको देखिन्छ भने ऐ. दफा ९ को उपदफा (२) को प्रतिवन्धात्मक व्यवस्थामा “तर पद वा दरबन्दी नभएको कारण कुनै कर्मचारीलाई त्यस्तो क्षेत्रमा खटाउन नसकिने भएमा यस दफाको अन्य उपदफाको अधिनमा रही त्यस्ता कर्मचारीलाई माथिल्लो तहमा स्तरवृद्धि गर्न बाधा पर्ने छैन“ भन्ने कानूनी प्रावधान रहेको तथा सुगम क्षेत्रको प्रदेश वा स्थानीय तहमा समायोजन हुने कर्मचारीले दुर्गम क्षेत्रको सेवा अवधि पुर्याउन सक्ने अवस्था नरहेको हुँदा कर्मचारीहरुको वृत्ति विकासमा असर पर्न जाने भन्ने देखिएकोले कर्मचारीको स्तर वृद्धि हुन नसकी वृति विकास हुन नसक्ने अवस्था आउन नदिन विधायिकाले नै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ को उपदफा (२) मा प्रतिवन्धात्मक व्यवस्था गरी “तर पद वा दरबन्दी नभएको कारण कुनै कर्मचारीलाई त्यस्तो क्षेत्रमा खटाउन नसकिने भएमा यस दफाको अन्य उपदफाको अधिनमा रही त्यस्ता कर्मचारीलाई माथिल्लो तहमा स्तरवृद्धि गर्न बाधा पर्ने छैन ।’
पत्र

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij