Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

दक्षिणकालीमा मृत भेटिएकी सन्तोषीको हत्या अभियोगमा एक युवा पक्राउ

दक्षिणकालीमा मृत भेटिएकी सन्तोषीको हत्या अभियोगमा एक युवा पक्राउ


  • 4.4K
    Shares

    दक्षिणकालीमा मृत भेटिएकी सन्तोषीको हत्या अभियोगमा एक युवा पक्राउ
    images

    काठमाडौं । काठमाडौंको दक्षिणकालीमा मंगलवार बिहान मृतावस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

    सिन्धुपाल्चोक स्थायी ठेगाना भएका अभियुक्त सुरेश तिमल्सिनालाई बिहीवार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । उनी दक्षिणकालीस्थित वर्कशपमा कार्यरत रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

    दक्षिणकालीको बसपार्क नजिकै रहेको (प्रयोगमा नआएको) शौचालयमा सलले घाँटी कसेर ढुंगा वा केही गर्‍हौँ वस्तुले उनको अनुहार क्षतविक्षत पारिएको अवस्थामा शव भेटीएको थियो ।

    सन्तोषीको पेट सुन्निएको अवस्थामा थियो । उनको शव भेटिए नजिकै झोला भेटिएको थियो । उक्त झोलामा सिक्री, टप र मेकअपका सामान, सेनिटाइजर भेटिएको थियो ।

    सन्तोषी सुब्बा विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल थिइन् । चराचुरूङ्गी तथा जीवजन्तुको आवाज निकालेर उनी सामाजिक सञ्जालमा निकै चर्चित थिइन् । काठमाडौंको कालो पुलमा धनबहादुर तामाङले उनलाई धर्मछोरी बनाएर राखेका थिए।

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - ११:३५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij