Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

पहिलो मात्रा 'कोभिसिल्ड' लगाएका व्यक्तिले दोस्रो मात्रा 'भेरोसेल' खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन : डब्लुएचओ

पहिलो मात्रा 'कोभिसिल्ड' लगाएका व्यक्तिले दोस्रो मात्रा 'भेरोसेल' खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन : डब्लुएचओ


  • 4.2K
    Shares

    पहिलो मात्रा 'कोभिसिल्ड' लगाएका व्यक्तिले दोस्रो मात्रा 'भेरोसेल' खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन : डब्लुएचओ
    images

    काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को नेपाल कार्यालयले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड) खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको जनाएको छ ।

    ‘पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यानआकर्षण गराउन चाहन्छ’, डब्लुएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डब्लुएचओले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झूटो आरोप हो । यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ ।’

    डब्लुएचओले दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्याङ्क मात्र उपलब्ध भएको जनाएको छ ।विज्ञप्तिमा भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेको र एस्ट्राजेनेका (कोभिसिल्ड) खोपको साटो (दोस्रो मात्रामा) भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्र्कषमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको जनाइएको छ । रासस

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - १०:४०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij