२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौँ । सर्वोच्च अदालतको आदेशका कारण सत्ता बाहिर पुगेको जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर-राजेन्द्र महतो पक्षको बैठक आज (बिहीवार) बस्दैछ ।
बबरमहल स्थित पार्टी कार्यालयमा दिउँसो १ बजे प्रतिनिधि सभाका निवर्तमान सांसदहरुको बैठक बस्न लागेको हो । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन बैठक बस्न लागेको जसपा नेता एकवाल मियाँले जानकारी दिए । सर्वोच्च अदालतको आदेशपछि मंगलवार जसपा सत्ताबाट अलग भएको थियो ।
सर्वोच्चको आदेशबाट पदमुक्त भएका मन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा सहकार्य हुने आश्वासन दिएका थिए । पार्टीभित्र देखिएको विबादका विषयमा पनि बैठकमा छलफल हुने जसपा स्रोतले बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij