२०८२ कार्तिक २० गते बिहिवार
दैलेख । जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई पक्राउ गरिएको छ ।
आइतबार एक किशोरीलाई रातिको समयमा जबर्जस्ती करणी गरेको र मङ्गलबार पीडितका तर्फबाट निवेदन आएपछि बुधबार पीडितको निवेदनका आधारमा पीडक बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
घर आउँदै गरेकी किशोरीलाई लछारपछार पारी जबर्जस्ती करणी गरेका भन्ने पीडितको निवेदनका आधारमा अनुसन्धानका लागि अभियोग लागेका बुढालाई प्रहरीले पक्राउ गरी थुनामा राखेको उहाँले बताउनुभयो ।
थप अनुसन्धानका लागि जिल्ला दैलेखबाट १० दिनको म्यादसमेत गरिएको श्रेष्ठले बताउनुभयो । पीडित किशोरीलाई न्याय दिलाउन अनुसन्धान कार्य शुरु गरिएको पनि उहाँको भनाइ छ । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij