Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनएमबि बैंकमा ठूलो संख्यामा कर्मचारीको माग (विज्ञापनसहित)

एनएमबि बैंकमा ठूलो संख्यामा कर्मचारीको माग (विज्ञापनसहित)


  • 5.9K
    Shares

    एनएमबि बैंकमा ठूलो संख्यामा कर्मचारीको माग (विज्ञापनसहित)

    काठमाडौं । एनएमबि बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले बुधबार विज्ञापनमार्फत् विभिन्न पदमा ३ सय १० जनाको लागि रोजगारी आवेदन खुलाएको हो ।

    बैंकले विभिन्न ८ वटा पदका लागि आवेदन माग गरेको हो । जसमा ब्राञ्च म्यानेजर, रेलेशनसिप म्यानेजर, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन र सुपरभाजर), अप्रेसन इन्चार्ज, जुनियर असिस्टेन र म्यानेजमेन्ट ट्रेनी पदका लागि आवेदन माग गरेको हो ।

    माग गरिएको ब्राञ्च म्यानेजरमा ५० जना, रेलेशनसिप म्यानेजरमा ४० जना, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन्ट र सुपरभाइजर) २० जना, अप्रेशन इन्चार्ज २० जना, जुनियर असिस्टेन्ट १५० जना र म्यानेजमेन्ट ट्रेनी ३० जना माग गरेको छ ।

    तोकिएको अनुभव र शैक्षिक योग्यता पुगेका इच्छुक आवेदकले असार २३ गतेसम्म बैंकको आधिकारिक वेव साइटमार्फत् आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

    हेर्नुहोस् विज्ञापन

    nn.jpg

    प्रकाशित मिति :आषाढ ९ २०७८ बुधवार - १२:४१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij