Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

भारतमा एकैदिन थपिए ३२ हजार कोरोना संक्रमित

भारतमा एकैदिन थपिए ३२ हजार कोरोना संक्रमित


  • 7.5K
    Shares

    भारतमा एकैदिन थपिए ३२ हजार कोरोना संक्रमित
    images

    भारतमा एकैदिनमा थप ३२ हजारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतमा संक्रमितको संख्या ९७ लाख ३५ हजार ८५० पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

    जसमध्ये ९२ लाख १५ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल चार लाख तीन ७८ हजार ५८१ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३१ औँ दिन हो ।

    भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४०२ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४१ हजार ३६० पुगेको छ । 

    भारतभरी सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ७४ हजार ४६० अझै पनि सक्रिय संक्रमित रहेका बुधबार जनाइएको छ । महाराष्ट्रपछि केरलामा ५९ हजार ८७३ सक्रिय संक्रमित अवस्थामा रहेका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १४ करोड ९८ लाख ३६ हजार नमूना परीक्षण गरेको जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - १४:२५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij