२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । हिन्दु धर्म शास्त्रमा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। सूर्य देव‘को पूजा गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति संचार हुने बिश्वास रही आएको छ।
आइतवार व्रत बस्ने व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ । सूर्यदेवको पूजागरि बिभिन्न फल प्राप्त गर्न सकिन्छ।
सूर्य देवको मंत्र यस प्रकार रहेको छः
– पुत्र प्राप्तिको लागिः ऊँ भास्कराय पुत्रं देहि महातेजसे।धीमहि तन्नः सूर्य प्रचोदयात्।।
– हृदय रोग, आँखा एवं कुष्ठ रोग तथा समस्त जटिल रोगनिवारणका लागिः ऊँ हृां हृीं सः सूर्याय नमः।।
– व्यवसाय वृद्धि एवं सफलताका लागिः ऊँ घृणिः सूर्य आदिव्योम।।
– शत्रुलाइ परास्त गर्नःशत्रु नाशाय ऊँ हृीं हृीं सूर्याय नमः
– सबै मनोकामना पुरा गर्नका लागिः ऊँ हृां हृीं सः
– सबै अनिष्ट ग्रहदशा निवारण गर्नः ऊँ हृीं श्रीं आं ग्रहधिराजाय आदित्याय नमः । – एजेन्सीको सहयोगमा
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij