Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

पोखराले जित्यो टस, जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने

पोखराले जित्यो टस, जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने


  • 288
    Shares

    पोखराले जित्यो टस, जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि जनकपुरले ब्याटिङको निम्तो पाएको हो।

    एनपीएलमा आफ्नो दोस्रो खेल खेल्न लागेको पोखरा पहिलो जितको खोजीमा छ। पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो।

    यता, जनकपुर बोल्ट्स भने दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। दुई खेल खेलेको जनकपुरले एकमा जित र एकमा हार बेहोरेको छ। जनकपुर आजको खेल जित्दै अंकतालिकामा थप २ अंक जोड्न चाहन्छ।

    जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा भने काठमाडौंलाई ८ विकेटले पराजित गर्दै पहिलो जित निकालेको थियो।

    प्रकाशित मिति :कार्तिक १५ २०८३ आइतवार - १६:४९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij