Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै


  • 498
    Shares

    एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै
    images

    काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार) जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

    खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अपराह्न ४ः३० बजे सुरु हुनेछ । आजको खेलमा जनकपुर दोस्रो जितको लक्ष्यमा रहँदा पोखरा पहिलो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ ।

    जनकपुरको कप्तानी हर्मित सिंह र पोखराको नेतृत्व कुशल भुर्तेलले गरेका छन् । यसअघिका खेलमा जनकपुरले एकमा जित र एकमा हार बेहोरेको थियो । कर्णाली याक्ससँग पराजित भएको जनकपुरले काठमाडौँ गोर्खाजलाई हराएको थियो ।

    यस्तै, पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

    अघिल्ला दुई संस्करणमा भएका खेलमध्ये दुवै टोलीले एक–एक खेल जितेका छन् । सन् २०२५ मा पोखराले जनकपुरलाई २५ रनले हराएको थियो भने सन् २०२४ मा जनकपुरले पोखरालाई सात विकेटले पराजित गरेको थियो ।

    प्रकाशित मिति :कार्तिक १५ २०८३ आइतवार - ११:३२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij