Logo

२०८३ कार्तिक १४ गते शनिवार

२०८३ कार्तिक १४ गते शनिवार

नेपाल प्रिमियर लिग

निरन्तर वर्षाका कारण आज एनपीएल खेल नहुने सम्भावना

निरन्तर वर्षाका कारण आज एनपीएल खेल नहुने सम्भावना


  • 498
    Shares

    निरन्तर वर्षाका कारण आज एनपीएल खेल नहुने सम्भावना
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार २ खेल हुने तालिका छ। तर निरन्तर वर्षाका कारण खेल हुने सम्भवना निकै कम देखिएको छ।

    आज पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज खेल्ने तालिका छ। सो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स खेल्नेछन्। सो खेल अपरान्ह ५ बजे सुरु हुनेछ। 

    तर बिहिबार रातिदेखिको वर्षाले आजका लागि तोकीएका दुवै खेल हुने सम्भावना न्युन छ। आजका लागि तोकीएका खेल वर्षाका कारण हुन नसके दुवै टोलीले अंक बाँड्नेछन्। 

    लुम्बिनी र चितवनले लिगको पहिलो खेलमा जित निकाल्दै विजय सुरुवात गरेका छन्।

    लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो। चितवनले पनि विराटनगरलाई ८ रनले हराउँदै जित हात पारेको थियो। 

    वर्षा रोकिएर खेल भएको अवस्थामा दुवै टोली स्पष्ट जितको खोजीमा मैदान उत्रनेछन्। 

    प्रकाशित मिति :कार्तिक १४ २०८३ शनिवार - ०९:१७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij