Logo

२०८३ कार्तिक १४ गते शनिवार

२०८३ कार्तिक १४ गते शनिवार

कामना सेवा विकास बैंकका सीईओ थकाली डिबान अध्यक्षमा निर्विरोध

कामना सेवा विकास बैंकका सीईओ थकाली डिबान अध्यक्षमा निर्विरोध


  • 225
    Shares

    कामना सेवा विकास बैंकका सीईओ थकाली डिबान अध्यक्षमा निर्विरोध
    images

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली निर्विरोध चयन भएका छन् । एशोसिएसनको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि थकालीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

    कार्तिक १३ गते सम्पन्न साधारण सभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको छ । यसअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थकालीलाई साधारण सभाले औपचारिक रूपमा अध्यक्ष चयन गरेको हो ।

    नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ दिपेश लम्साल चयन भएका छन् ।

    त्यसैगरी सदस्यमा मुक्तिनाथ विकास बैंकका सीईओ तारामान मानन्धर, लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका सीईओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सीईओ अनन्तकुमार चापागाईं निर्विरोध निर्वाचित भएका छन् ।

    अध्यक्षमा निर्वाचित भएपछि थकालीले विकास बैंकहरूको संस्थागत हित र बैंकिङ क्षेत्रका समसामयिक विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सुशासन सुदृढीकरण, जोखिम व्यवस्थापन, प्रविधिको प्रयोग, मानव संसाधनको क्षमता अभिवृद्धि तथा डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

    चार्टर्ड एकाउन्टेन्ट तथा बैंकरसमेत रहेका थकालीले बैंकिङ क्षेत्रमा वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन र सुशासनका क्षेत्रमा काम गर्दै आएका छन् । नयाँ नेतृत्व चयनसँगै विकास बैंकहरूको साझा सरोकार, नीतिगत विषय र क्षेत्रगत चुनौतीमा एशोसिएसनको भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

    त्यसैगरी कर्जाको गुणस्तर सुधार र कर्जा असुलीलाई प्रभावकारी बनाउने विषयलाई पनि उनले महत्वपूर्ण एजेन्डाका रूपमा अघि सारेका छन् । सदस्य बैंकहरूबीच ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासको आदानप्रदानलाई विस्तार गर्दै नियामक निकाय तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य बढाउने उनको योजना छ ।

    साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ ।

    प्रकाशित मिति :कार्तिक १४ २०८३ शनिवार - १०:१५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij