२०८३ कार्तिक ११ गते बुधवार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । जितका लागि पोखराले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ४ रन बनाए भने अर्का ओपनर सैफ जैबले १५ रन जोडे । ब्रान्डन म्याकमलेनले २२ रन बनाउँदा इशान पाण्डेले ३७ रनको योगदान दिए । कप्तान दीपेन्द्रसिंह ऐरी ५१ रनमा नटआउट रहे भने शेरफेन रदरफोर्ड ८ रनमा नटआउट रहे ।
पोखराका लागि महेदी हसन, साकिव अल हसन र धनञ्जय लक्षणले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो ।
पोखराका लागि ओपनर दिनेश खरेलले ४ तथा महेदी हसनले ३२ रन बनाए । कप्तान कुशल भुर्तेल २१ रनमा आउट भए भने साकिव अल हसनले १४ रन मात्रै जोड्न सके ।
त्यस्तै, सदिरा समरविक्रमाले ८ रन बनाए भने धनञ्जय लक्षण ११ रनमा आउट भए । अर्जुन घर्ती ४० रनमा नटआउट रहे भने विपिन खत्री ५ रनमा नटआउट रहे ।
सुदूरपश्चिमका लागि अनिल खरेलले सर्वाधिक ३ विकेट लिए । हेमन्त धामी, स्कट कुगेलेन र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij