२०८३ कार्तिक १० गते मंगलवार
काठमाडौं । विभिन्न आर्थिक तथा पदीय अनियमितता र स्वार्थको द्वन्द्वसम्बन्धी गम्भीर आरोप खेपिरहेका कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्।
प्रदेश प्रमुखको कार्यालयले उनले आजै दिएको राजीनामा स्वीकृत गरेको जनाएको छ। अध्यक्ष गुरागाईंले दिएको राजीनामा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले स्वीकृत गरेका हुन्।
प्रदेश अध्यक्ष गुरागाईंले मंगलबार नै प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा पेस गरेका थिए। प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (९) को खण्ड (क) मा भएको व्यवस्था बमोजिम प्रदेश प्रमुख खापुङ्गले उक्त राजीनामा आगामी २०८३ कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेका हुन्।
उनी २०८१ असार २३ गते नियुक्त भएका थिए । नेपाल सरकारका पूर्वसचिवसमेत रहेका उनको पदावधि ६ वर्षको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij