Logo

२०८३ कार्तिक ७ गते शनिवार

२०८३ कार्तिक ७ गते शनिवार

मौसम पूर्वानुमान

पश्चिमी वायुको प्रभाव कायमै, आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना


  • 379
    Shares

    पश्चिमी वायुको प्रभाव कायमै, आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
    images

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु लाग्नेछ।

    आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

    आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

    भोलि देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक ७ २०८३ शनिवार - ०६:५०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij