Logo

२०८३ कार्तिक ६ गते शुक्रवार

२०८३ कार्तिक ६ गते शुक्रवार

भारतमा शक्तिशाली आँधी आउँदै, नेपालमा सतर्कता अपनाउन मौसम विभागको अनुरोध

भारतमा शक्तिशाली आँधी आउँदै, नेपालमा सतर्कता अपनाउन मौसम विभागको अनुरोध


  • 323
    Shares

    भारतमा शक्तिशाली आँधी आउँदै, नेपालमा सतर्कता अपनाउन मौसम विभागको अनुरोध
    images

    नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भएको र यसका कारण कात्तिक ११ बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने देखिएको जनाएको छ। 

    यद्यपि यस प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै एकिन गर्न सकिने अवस्था नरहेको मौसम महाशाखाले उल्लेख गरेको छ। 

    मौसम महाशाखाले शुक्रबार साँझ जारी गरेको सूचनामा अगाडि भनिएको छ, ‘तथापि सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिन्छ।’

    यस्तो छ पूरा सूचना

    मौसम मोडल तथा भू-उपग्रहबाट प्राप्त तस्बिर र तथ्यांक विश्लेषणको आधारमा आज बिहान ५:४५ बजे पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र (Low Pressure Area) विकसित भएको र उक्त न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कार्तिक ९ गते (अक्टोबर २६) सोमबार चक्रवात आँधी (Cyclonic Storm) मा विकसित भई पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिसा तटबाट जमिनको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको छ।

    उक्त मौसम प्रणालीका कारण आगामी कार्तिक ११ (अक्टोबर २८) गते (बुधबार) देखि कार्तिक १५ (नोभेम्बर ०१) गते (आइतबार) सम्म नेपालको मौसम प्रभावित हुन सक्ने देखिन्छ। यद्यपि यस प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन। तथापि सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिन्छ।

    नेपाल मौसम विज्ञान विभागले उक्त मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्दै जानेछ। मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि यस विभागबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्नुहुन अनुरोध छ। 

    प्रकाशित मिति :कार्तिक ६ २०८३ शुक्रवार - २०:५५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij