Logo

२०८३ कार्तिक ५ गते बिहिवार

२०८३ कार्तिक ५ गते बिहिवार

विद्युत् सर्टका कारण आगलागी हुँदा दुई घर जलेर नष्ट

विद्युत् सर्टका कारण आगलागी हुँदा दुई घर जलेर नष्ट


  • 442
    Shares

    विद्युत् सर्टका कारण आगलागी हुँदा दुई घर जलेर नष्ट
    images

    खोटाङ । विद्युत् सर्टका कारण आगलागी हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा दुई घर जलेर नष्ट भएको छ ।

    मंगलटारका स्थानीयवासी कृष्णकुमार राईको घरमा जडान गरिएको विद्युत् फल्ट हुँदा उनका दुईवटा घर जलेर नष्ट भएको हो । जस्तापाताको छाना तथा ढुंगा माटोले बनेको दुईतले घरमा विद्युत्को फल्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

    स्थानीयवासी र प्रहरी टोलीले आगो निभाएको कृष्णकुमारका जेठा छोरा रम्बोहाङ राईले जानकारी दिए । आगलागीबाट कृष्णकुमारको दुईवटा घर तथा घरभित्र रहेको नगद २० हजार, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, महत्त्वपूर्ण कागजातलगायत जलेर नष्ट भएको जनाइएको छ ।

    आगलागीका घटनाको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक ५ २०८३ बिहिवार - १६:४७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij