Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला

चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला


  • 1.2K
    Shares

    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    images

    काठमाडौं । भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोमा बुधबार चार वटा शव फेला परेका छन् । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले गरेको खोज तथा उद्धारका क्रममा चार वटा शव फेला परेका हुन् । 

    नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार तीन वटा सग्लो शव र एउटा मानव अङ्ग भेटिएको जानकारी दिए । उनका अनुसार सुरुङको ७० मिटर भित्र छिरेर गोताखोरले ती शव निकालेका छन् । 

    गत भदौ १० गते आएको बाढीले चिलिमेसहित रसुवा र नुवाकोटका विभिन्न हाइड्रोमा क्षति पुर्‍याएको थियो ।

      

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १५:५३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij