Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

नेकपा सांसद शर्माको प्रश्न–रास्वपा सरकारमा गरिबले बच्चा जन्माउन सडकमै जानुपर्ने हो ?

नेकपा सांसद शर्माको प्रश्न–रास्वपा सरकारमा गरिबले बच्चा जन्माउन सडकमै जानुपर्ने हो ?


  • 820
    Shares

    नेकपा सांसद शर्माको प्रश्न–रास्वपा सरकारमा गरिबले बच्चा जन्माउन सडकमै जानुपर्ने हो ?
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद बलावती शर्माले सरकारले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नबनाउँदा सर्वसाधारण नागिरकले हैरानी खेप्नुपरेको भन्दै सरकारको आलोचना गरेकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आलोचना गरेकी हुन् । 

    उनले आधारभूत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताइन्। उनले बबिता पासवाङले ७ सय रुपैयाँको अभावमा अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपरेको घटनालाई स्वास्थ्य सेवा प्रणालीको गम्भीर कमजोरी भएको बताइन् । संविधानको धारा ३८ ले प्रजनन स्वास्थ्यको हक सुनिश्चित गरेको तथा सुरक्षित मातृत्व ऐन, २०७५ ले आकस्मिक प्रसूति सेवा अनिवार्य गरेको उल्लेख गर्दै उनले कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि माग गरीन् । के रास्वपा सरकारमा गरिबले बच्चा जन्माउन सडकमा जानुपर्ने हो ? उनको प्रश्न छ । उनले भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा नेपाललाई निम्तो नदिनुको कारणबारे सरकारसँग जवाफ माग गरीन्  ।

    उनले भनिन्, ‘सरकारले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नबनाउँदा सर्वसाधारण नागरिकले हस्पिटलमा उपचार नपाएर लामबन्दी र हैरानी खेप्नुपरेको छ । त्यसेको पछिल्लो उदाहरण हुन् बबिता पासवाङ । संविधानको धारा ३८ प्रजनन स्वास्थ्यको हक र सुरक्षित मातृत्व ऐन २०७५ ले आकस्मिक प्रसुति सेवा अनिवार्य गरेको छ । के यो देखाउनका लागि मात्र हो ? के रास्वपा सरकारमा गरिबले बच्चा जन्माउन सडकमा जानुपर्ने हो ? ७ सय रुपैयाँ नहुँदा अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपर्ने विडम्बनापूर्ण स्थिति निकै दुःखदायी र देशकै लागि लज्जाजनक स्थिति होइन र सम्माननीयज्यू ? सभामुखमार्फत म सोध्न चाहान्छु– छिमेकमै भएको ब्रिक्स सम्मेलनको निम्तोबाट नेपाल किन छुट्यो ? के यो सरकारको परराष्ट्र नीति र कुटनीतिको असफलता होइन र ? अनि यो ग्रेजोनमा प्रकाशित विषयमो वास्तविकता के हो सम्मानित सदनमा जानकारी गराइयोस् ।’

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १४:२९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij