Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

माइतीघरमा राखिएका टेन्ट हटाइयो, थापाथलीतर्फको सडक खुल्यो

माइतीघरमा राखिएका टेन्ट हटाइयो, थापाथलीतर्फको सडक खुल्यो


  • 820
    Shares

    माइतीघरमा राखिएका टेन्ट हटाइयो, थापाथलीतर्फको सडक खुल्यो
    images

    काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन र आन्दोलनका कारण अवरुद्ध हुँदै आएको थापाथलीतर्फ जाने सडक खुला गरिएको छ । बुधबार बिहानै धर्नामा बसेकाहरूले राखेका टेन्ट प्रहरीले हटाएपछि उक्त सडक सुचारु भएको हो ।

    सडकमा नै टेन्ट राखेर निरन्तर धर्ना दिँदा रातको समयमा असुरक्षा हुन सक्ने र आन्दोलनकारीको स्वास्थ्यमा समेत समस्या पर्न सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले दिउँसोको समयमा आन्दोलन गर्न कुनै अवरोध नहुने स्पष्ट पारेको छ । रातको समयमा भने सो स्थानमा नबस्न आग्रह गर्दै प्रहरीले माइकिङ समेत गरेको थियो ।

     

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १२:२६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij