Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइ अन्तिम चरणमा

माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइ अन्तिम चरणमा


  • 813
    Shares

    माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइ अन्तिम चरणमा
    images

    काठमाडौं । नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । विशेष अदालतका अध्यक्ष  वासुदेव आचार्य र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

    पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

    यसअघिको आदेश अनुसार यो मुद्दामा  नेपाल नेतृत्वको क्याबिनेटका मन्त्री डा।मीनेन्द्र रिजालसहित आठ जनाको बकपत्र  बकपत्रका लागि झिकाएको थियो । पूर्वमन्त्री मृगेन्द्रसिंह यादव, रकम चेम्जोङ, उमाकान्त चौधरी, महेन्द्रप्रसाद यादव लगायतलाई बकपत्रमा उपस्थित हुन भनिएको छ । अख्तियारमा कागज गर्ने पदमराज भट्ट र जगन्नाथ पन्तलाई पनि उपस्थित हुन आदेश भएको थियो ।  

    नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको थियो । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारले लगाएको छ ।

    नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो । नेपालले ठाडो आदेशमा २०६६ माघ १८ गते ठाडो आदेशमा पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिलाएको अभियोगपत्रमा दाबी गरिएको छ ।

     

     

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - ११:३०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij