Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

कृष्णभीर सडक असोज १ देखि दुईतर्फी चल्ने

कृष्णभीर सडक असोज १ देखि दुईतर्फी चल्ने


  • 743
    Shares

    कृष्णभीर सडक असोज १ देखि दुईतर्फी चल्ने
    images

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्डमा करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

    कृष्णभीरको २७० मिटर नवनिर्मित सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सब–सर्फेस ड्रेनेज निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हो ।

    बाँकी सब–बेसको काम बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी काम भइरहेको कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । रातिको समयमा समेत निर्माण कार्य गर्न फ्लड लाइटको व्यवस्था गरिएको छ ।

    निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै असोज १ गतेदेखि कृष्णभीरमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १०:३०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij