Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

सुत्केरी बिदा ६ महिना बनाइँदै, बाबुलाई पनि ४२ दिन स्याहार बिदा दिने

सुत्केरी बिदा ६ महिना बनाइँदै, बाबुलाई पनि ४२ दिन स्याहार बिदा दिने


  • 967
    Shares

    सुत्केरी बिदा ६ महिना बनाइँदै, बाबुलाई पनि ४२ दिन स्याहार बिदा दिने
    images

    काठमाडौं  । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महिलालाई ६ महिनाको तलबसहितको सुत्केरी बिदा दिने गरी कानून संशोधन तयारी भएको बताएकी छन् ।

    आज सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै उनले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन तयारी गरिएको बताएकी हुन् ।

    मन्त्री गौतमका अनुसार ६ महिनाको तलबी बिदा आमालाई र बाबुलाई ४२ दिनसम्मको सुत्केरी स्याहार बिदा दिनेगरी कानून संशोधनको तयारी गरिएको हो ।

    उनले दिएको जानकारी अनुसार मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन मस्यौदा बनिसकेको छ । अब मस्यौदा मन्त्रिपरिषद् हुँदै संसदमा दर्ता तयारी गरिने उनले जानकारी दिएकी छन् ।

    मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ सालमा बनेक‍ो ऐन हो ।

    यो ऐन अन्तर्गत सुत्केरी महिलाले सुत्केरी अघि र पछिको समय गरी ९८ दिनसम्मको विदा पाउने व्यवस्था रहेको छ भने, सुत्केरी स्याहारको लागि १५ दिनसम्मको बिदा बाबुले पाउने व्यवस्था ऐनमा छ ।

     

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - ०९:५२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij