Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वामदेव गौतम र विष्णु पौडेलबीच भेटवार्ता

वामदेव गौतम र विष्णु पौडेलबीच भेटवार्ता


  • 6.5K
    Shares

    वामदेव गौतम र विष्णु पौडेलबीच भेटवार्ता

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता वामदेव गौतम र नेता विष्णु पौडेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहान १० बजे गौतमनिवास भैँसेपाटीमा कुराकानी भएको बताइएको छ ।

    गण्डकी प्रदेशमा धक्का बेहोरेको एमालेले आन्तरिक एकताको कसरत गरिरहेको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली जेठ २ गते फर्कन ‘लचिलो’ देखिएका छन् । त्यसका लागि छलफल गरिरहेको र त्यही सिलसिलामा पौडेल गौतम निवास पुगेका हुन् ।

    “वामदेव गौतमले जेठ २ कै स्थायी कमिटी बोलाउन माग गरिरहनुभएको छ  । उहाँहरूबीच त्यही विषयमा कुराकानी भयो । गौतम र पौडेलबीच नियमितजसो संवाद भइरहेको छ,” स्रोतले भन्यो ।

    ओलीनिकट नेताहरूले दिएको जानकारी अनुसार असार २ गते स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेका छन् । त्यसदिन जेठ २ अघिकै स्थायी कमिटी बोलाउने सम्भावना रहेको स्रोत बताउँछ ।

     

    प्रकाशित मिति :जेठ ३१ २०७८ सोमवार - १२:२०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij