२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
गत भदौ १० गते बुधबार रसुवाको भीषण बाढीका झन्डै २ हजारले ज्यान गुमाएका छन् । उता खर्बौँको भौतिक धनमाल ध्वस्त भएको छ।
यो अवस्थामा सोमबार नै नुवाकोट पुगेर बाढी पीडितलाई भेटेर फर्किएका उनले दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेलले अहिलेको बाढीपछिको विपत्तिबारेमा नागरिकलाई आश्वस्त पार्न सम्बोधन गर्न लागेका हुन्। त्यस्तै गत वर्ष भदौ २३ र २४ गते भएको जेन(जी आन्दोलनपछिको अवस्था र उपलब्धिबारेमा पनि उनले बोल्ने भएका छन्।
पौडेलले सोमबार जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनःस्थापना भइरहेका कार्यको जानकारी लिएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij