Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

कृष्णभीर प्रभाव : चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता

कृष्णभीर प्रभाव : चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता


  • 876
    Shares

    कृष्णभीर प्रभाव :  चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता
    images

    काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौं भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग ८ दिनदेखि अवरुद्ध छ । 

    राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौं भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ । 

    खाद्यान्नको आयातमा भएको असन्तुलनको असर तत्काल नदेखिए पनि पहिल्यैदेखि रहँदै आएको खाना पकाउने ग्यासको अभाव झनै चुलिएको छ । 

    सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकातर्फ आउँदै गरेका खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका कतिपय सवारीसाधन बाटोमै रोकिएका छन् ।

    सडक अवरुद्ध भएपछि काठमाडौंका विभिन्न ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड बढ्न थालेको छ । नयाँसडकस्थित धर्मपथ क्षेत्रमा समेत खाना पकाउने ग्यास लिन सर्वसाधारणको भीड लागेको छ । 

    काठमाडौं र आसपास रिफिल हुने गरी आयात हुने बुलेट आउन सकेका छैनन् । ग्यास अभाव काठमाडौँको मात्र समस्या होइन, प्रमुख सहरका ग्यास डिलरकहाँ अझै पनि लाइन घटेको छैन । 

    राजमार्ग सञ्चालनमा ल्याउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक खुलाउने प्रयास गरिरहेका छन्। 

    प्रकाशित मिति :भाद्र २२ २०८३ सोमवार - १४:१३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij