Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या, नाति पक्राउ

धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या, नाति पक्राउ


  • 2.3K
    Shares

    धारिलो  हतियार प्रहार गरी हजुरआमाको हत्या,  नाति पक्राउ
    images

    काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–२, खबरा बस्ने ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाति पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा मनकुमारीकी छोरीका छोरा अन्दाजी २६ वर्षीय आशिष बरुवाल रहेका छन्। प्रहरीले उनलाई आज बिहान भएको घटनापछि फरार रहेको अवस्थामा पक्राउ गरेको हो।

    प्रहरीका अनुसार बरुवालले बिहान करिब साढे ११ बजे मनकुमारीलाई धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएकी मनकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    घटनापछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।

    खोजतलासका क्रममा बरुवाललाई बेनी नगरपालिका–२ स्थित हाडेभिरबाट भाग्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा प्रमाण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :भाद्र २२ २०८३ सोमवार - १४:०३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij